१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतरसमूहले संसद विघटनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गर्न दबाब दिने भएको छ । सभापति शेरवहादुर देउवा आन्दोलनको ‘मुड’मा नदेखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दबाब दिन लागेको हो ।

आज अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति देउवालाई आन्दोलनका लागि दबाब दिने निर्णय गरेको हो । बैठक पछि केन्द्रीय सदस्य गगन थापाले संसद विघटन विरुद्ध चरणवद्ध आन्दोलनमा जानुपर्ने विषयमा छलफल भएको बताए । “कांग्रेसले सरकारको कदमको विरोध गर्नु भनेकै आन्दोलन गर्नु हो । अब आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्छ,” थापाले भने ।

बैठकमा सहभागि अर्का नेता दिलेन्द्र बडूले बैठकले पार्टी आन्दोलनमा जानुपर्छ भन्ने कुरामा आफूहरू एकमत भएको बताए । पौडेल पक्षले आन्दोलनका कार्यक्रम र मोडालिटीबारे अहिले बस्ने केन्द्रीय समिति बैठकमा धारणा राख्ने जनाइएको छ । कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा केहीबेरमा बस्दै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]