सप्तरी – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूह शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएकाे छ ।
बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।संसद ज्युँदै छ भन्ने देखाउन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागको नेता भीम आचार्यले जानकारी दिए । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।
प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएतापनि निर्णय हुन नसकेको नेता घनश्याम भुसालले जानकारी दिए ।