०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको बताएका छन्। प्रचण्ड-माधव पक्षले बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।

‘आजको अवस्था समान्य जस्तै हाे भनेर साेच्नु गलत हुनेछ। २०१७ सालकाे जस्ताे हाे,’ उनले भने। २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरी पञ्चायती व्यवस्था लागू गरेका थिए। बैठकमा सम्बोधन गर्दै उनले ७ दशकसम्मको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिसमेत अपहरणमा परेको उल्लेख गरे। ‘हामीले ७ दशकसम्म लडेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिका विरुद्ध हो,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगकाे लडाइँ हाे। याे जीवन र मृत्युको लडाइँ हाे। जस्ताेसुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।’

उनले आफ्नो पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै आफ्नो पक्ष नै आधिकारिक भएको समेत दाबी गरे। ‘हामी ७० प्रतिशत छाैं। सबै प्रमाण निर्वाचन आयोगमा पेस गरेका छौं,’ उनले भने, ‘आयोगले हामीलाई वैधता दिन्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]