सप्तरी – नेपाली कांग्रेसले पुस १३ गते सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।
गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। महामन्त्री पूर्णबहादुर खड्काका अनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।