११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी – लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा पुस ११ देखि १९ सम्म प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ ।राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश र एपीएफको विभागीय टोली सहभागी हुँदै छन् ।

पुस ११ गते लुम्बिनी र प्रदेश २ बीच उद्घाटन खेल हुने तयारी भइरहेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाले बताए । लमही मैदानमा दोस्रोपल्ट राष्ट्रिय खेल हुँदै छ । यसअघि आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट लमही मैदानमै भएको थियो ।हालसम्म जिल्लामा चारवटा राष्ट्रिय स्तरका खेल सम्पन्न भइसकेको मजगैयाले बताए । जिल्लामा लमही र घोराहीको गुलरियामा गरी दुईटा राष्ट्रिय क्रिकेट मैदान रहेकाले क्रिकेटको क्रेज बढ्दै गएको उनले बताए । ‘राष्ट्रिय स्तरका खेलहरू भइरहेका छन् । खेल मैदान पनि पर्याप्त छ,’ उनले भने, ‘यसले खेलाडीलाई उत्साही बनाएको छ । अन्य समयमा पनि नियमित खेल र अभ्यास भइरहेका छन् ।’प्रधानमन्त्री कपका लागि तीन नयाँ पिच तयार भएको मजगैयाले बताए । मैदानको सरसफाइ, होटल व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेको उनले बताए । ‘विभिन्न तयारी कमिटी बनाएर काम भइरहेको छ । राष्ट्रिय खेलका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘मैदान सरसफाइ र अन्य तयारी अन्तिम चरणमा पुगेको छ । दाङमा राष्ट्रिय खेल हुनु महत्त्वपूर्ण अवसर भएकाले हामी उत्साही भएर खटिरहेका छौं ।’

मैदानभित्र घाँस काट्ने, आउट फिल्डमा माटो भर्ने, सिंचाइ गर्नेलगायतका काम धमाधम भइरहेका छन् । मैदानभित्र इन्डोर क्रिकेट अभ्यास हल, दर्शकलाई सार्वजनिक शौचालय र खेलाडीका लागि छुट्टै शौचालयको व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]