१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १०, २०७७

सप्तरी: नेकपाको प्रचण्ड-नेपाल समूह संसद् विघटनको असंवैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएको छ । अहिले माइतीघरमा केन्द्रीय सदस्य तथा सांसदहरु संसद् विघटन खारेजीको माग गर्दै अन्दोलनमा छन् ।

नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले आन्दोलनबाटै असंवैधानिक कदम फिर्ता गर्न सम्भव हुने बताएका छन् । “विभिन्‍न प्रक्रियाबाट दबाब दिने हो । यो पनि एउटा दबाबको रुप हो । यसरी नै हामीले राजालाई फालेका हौं। त्यसो हुनाले असंवैधानिक कदमको फिर्ता गर्न सम्भव छ,’’ उनले भने ।

नेता राईले पटक-पटक पार्टी फुटको साक्षी बस्नुपर्दा दुःख पनि लागेको पनि बताए । “पार्टी फुटको साक्षी बस्दा दुःख लागेको छ। यस्तो नहुनु पर्नेथ्‍यो। एउटा क्रान्तिपछि मुहार फेर्ने गरी, छलाङ मार्ने गरी काम गर्नुपर्नेमा हाम्रै अध्यक्ष हुँदा असंवैधनिक, प्रतिगामी कदम, पार्टीभित्रको अन्यायोचित कदमले दुःख लागेको छ,’’ राई भन्छन् ।

राईले नेकपा र सूर्य चिह्‍न आफ्नै समूहले पाउने दाबी पनि गरे । “जालसाझी गरेर हामी बहुमतमा छौं भनेर पेस गरिरहेका छन् । तर, बहुमत कसको छ भनेर देखाउन सडकमा आएका हौं । हामी अदालत र निर्वाचन आयोगमा पनि जान्छौं,’’ उनले भने, “सही फैसला हुन्छ भन्ने विश्वास छ। सूर्य र नेकपा हामीले पाउँछौं । हामी बहुमत भएकाले कानुन र नजिरले पनि त्यही भन्छ । पहिले फुटेका बहुमत पक्षले चिह्‍न र नाम पनि पाएको छ।’’ प्रधानमन्त्रीले चुनावमा जान डराएको भन्ने गलत तर्क भएको राईले दाबी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]