सप्तरी – खडक नगरपालिका र चौधरी आँखा अस्पताल लहान सिरहाको समन्वय एकदिन तालिम सम्पन भएकाे हाे ।
तालिममा आँखा अस्पताल लहान सिरहाका प्रबन्धक अभिषेक रोशनकाे उपस्थिति समेत रहेकाे थियाे। उसस्थितिमा बाेल्दै प्रवन्धक राेशनले समाज मा रहेको अन्धोपन समस्या नीबारण सम्बन्धमा विभिन्न जानकारीहरु समेत गराएका थिए । संगै दात्री संस्था CBM का अनुदानमा संचालित रहेको कृयाकलाप लक्ष्य र प्रगति को बारेमा बिवरणहरु समेत प्रस्तुत गरेका थिए ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानले गर्दै आएको आखा, कान जाँच तथा जानकारी मुलक सडकनाटक जनचेतना मुखी स्वास्थ्यशिबिरहरु को बारे मा समेत बाेल्नुहुदै, आँखा अस्पताल लहानले नेपालमा गर्दै आएको आन्धोपन निवारण कृयाकलाप समन्धि लक्ष्य अनुसार प्रगतिको बारेमा बैठक मा छलफल गरि लक्ष्य आनुसार को प्रगति गरेको लहान आस्पतालका प्रवन्धक रोशनले बताएका छन ।
यता कार्यक्रममा बाेल्दै नगरप्रमुखले आखा आस्पताल लहानलाई एक दिने नगरपालिकाका कर्मचारी, समाजसेबी ,संघसंस्था,संचारकर्मी,प्रतिनिधिहरु लगायतलाई दिएका प्रशिक्षण तालिम लगायत जानकारी गराएकाेमा धन्यवाद ब्यक्त गरेका थिए।सथै अाउने समयमा शिविर संचालनमा ल्याउने प्रतिवध्ता समेत ब्यक्त गरेका थिए ।