पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा अाज मोटरसाईकलको ठक्करवाट एक वालिका घाईते भएकी छिन् ।
पश्चिम जाँदै गरेको को १० प ६०१ नम्बरको मोटरसाइकलले वडा नम्बर–२ स्थिति चाँदनी चौकमा स्थानीय जीवन तामाङकी ९ वर्षिया छोरी रेसुलाई ठक्कर दिएको थियो । ट्युसन पढेर घरतर्फ जाने क्रम मोटरसाईकलको ठक्करवाट घाईते भएकी उनलाई रुपनी गाउँपालिका स्थित युनिक अस्पताल पठाईएको छ ।
आइसियुमा राखेर वालिकाको उपचार भईरहेकाे प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय महुलीले नियन्त्रणमा लिएको छ ।