सप्तरी – बलिउड सुपरस्टार आलिया भट्ट र रणवीर कपुरको विवाहको खबर सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा दुई दिनयता निकै भाइरल बनेको छ ।दुवैले निकै समयदेखि एक अर्काको साथ डेट गरिरहेका छन् । साथै दुवैजना लिभइन टुगेदरको सम्बन्धमासमेत रहेको चर्चा हुँदै आएको छ ।
केही महिनायता उनीहरुको विवाह हुने खबर आइरहेको थियो । तर, केही दिनअघि रणवीरले आफैं पनि एक अन्तरवार्तामा लकडाउनका कारण मात्रै आफूहरुको विवाह रोकिएको बताएका थिए । यस वर्षको अन्त्यसम्म आलियाले विवाह गर्ने खबर आइरहेका थिए । यसको खण्डन गर्दै आलियाले यति छिट्टै आफू विवाह बन्धनमा बाँधिने कुनै योजना नभएको बताएकी छन् ।उनले भनेकी छन्, ‘यति छिट्टै म विवाह गर्दिनँ । किनकी यसका लागि अहिले म ठूलै भइसकेकी छैन ।’
आफू अहिले मात्र २५ वर्षकी भएकाले अहिले विवाह गर्नका लागि कुनै हतारमा नरहेको बताएकी छन् ।यसअघि रणवीर र आलियाले विवाहको योजना बनाइरहेको खबर आएका थिए । दुवै परिवारले उनीहरुको विवाहका लागि पनि तयारी गरिरहेको बताइएको थियो ।