१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १२, २०७७

सप्तरी – आफुहरुको माग पुरा नभएको भन्दै स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुको संयुक्त संघष समितिले आन्दोलन गर्ने भएको छ । सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएपछि उनीहरु आन्दोलन स्वरुप आज आइतवार ११ बजेबाट माइतीघर मण्डलामा प्ले कार्डसहित मौन धर्नामा बस्न लागेका हुन् ।

स्वास्थ्य क्षेत्रका विभिन्न २३ वटा पेशागत संघ/संगठनले गत मंसिर ७ गते स्वास्थ्य मन्त्रालयमा विभिन्न १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै २१ दिनको अल्टिमेटम दिएका थिए। समयसीमा नाघिसक्दा पनि सरकारले आफूहरुको माग सम्बोधनको प्रयास नगरेपछि आन्दोलनमा उत्रन बाध्य भएको समितिले जनाएको छ।

उनीहरुले कोभिडलगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग अघि सारेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]