सप्तरी – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यालय आज (आईतवार) बन्द रहने भएको छ । वरिष्ठ भलिबल प्रशिक्षक सुदेशकुमार रिमालको निधनमा राखेपले आईतवार कार्यालय बन्द राख्ने निर्णय गरेको हो ।
नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रवार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । शनिवार मात्र राखेपले केन्द्रित कार्यालयको हाताभित्र रिमालको पार्थीव शरीरलाई राखेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
राखेप उपाध्यक्ष शिव कोईराला र सदस्य सचिव रमेश सिलवालले राखेपको झण्डा ओढाएर रिमालको बिदाई गरेका थिए । सरकारी सम्मानका साथ राखेपले रिमालमाथि अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो ।