सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले देशभभर प्रदर्शन गर्ने विभिन्न तयारी पूरा गरेको छ ।
यो समूहले १४ पुसमा काठमाडौं उपत्यकामा चर्को प्रदर्शन गर्ने बताएको छ । १४ पुसमा उपत्यकामा मात्र विभिन्न जिल्लाबाट ल्याएर भए पनि ५० हजारभन्दा धेरै नागरिक उतार्ने यो समूहको योजना रहेको छ । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार यसका लागि उनीहरुले आफूनिकट युवा संघलाई खट्न निर्देशन दिइसकेका छन् ।
‘सडकबाट संसद पुनस्र्थापना गर्ने योजानमा हामी अगाडि बढेका छौँ,’ नेकपाका ती केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘त्यसैले अब नियमित आन्दोलनका कार्यक्रमलाई हामीले अगाडि बढाउने भएका छौँ ।’