सप्तरी – कविलासको चौकी डाँडाका गोठमा गाईभैंसी देखिँदैनन्। कसैकसैले गोरु पाले पनि धेरै गोठमा बस्तु छैनन्। हरेक घरको आँगनमा पानीका भाँडा प्रशस्तै भेटिन्छन्। दूध खाने रहर भए पनि गाईभैँसी पाल्दैनन्। पानीको अभाव झेलेका स्थानीय चाहेर पनि गाईभैंसी पाल्न सक्दैनन्। जहाँ पानीको अभावले उनीहरूको सबै रहर अधुरो भएका छन्।
कविलासकी बुद्धिमाया मगरलाई गाईभैंसी पालेर दूध खाने रहर छ। गोठमा भैंसी पाल्ने चाहना भए पनि उनले सक्दिनन्। मान्छेलाई खान पानी नभएका बेला गाईभैँसी कसरी पालौं’, उनले भनिन् ‘ दूध खाने कत्रो रहर छ पानी नभए पनि सम्भव भएन।’ गाउँमा पानीको अभाव छ। यसैले उनलाई मात्रै होइन गाउँमै भैँसी पालेर दूध खाउँला भन्ने गाउँमा सबैका लागि सपना जस्तै भएको छ। पानी नहुँदा बस्तु पाल्न सकेका छैनन्। ‘ दूधघिउ खाने त हाम्रा लागि टाढाको विषय हो’ बुद्धिमायाले भनिन् ‘हामीलाई खानेपानी भए सबै कुरा पुग्छ। ’ पहिला पालेकाले पनि छोड्न थालेका छन्। भरतपुर महानगरपालिका— २९ को कविलासको मुख्य समस्या भनेको खानेपानी हो। मानिसलाई खान पानी नभएको अवस्थामा गाईभैँसी पाल्न सक्दैनन्। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। खानेपानीको विकराल समस्या छ। नारायणगढ मुग्लिन सडकखण्डको भोर्लेबाट झन्डै नौ किलोमिटर ठाडो उकालोमा पर्छ चौकीडाँडा।
वर्षौंदेखिको खानेपानी समस्या झेलिरहेका कविलासवासीले खानेपानीको अभाव झेलिरहेका छन्। चौकीडाँडा, लामागाउँ, डुम्रे, कमलपुर, आले, ढोडेनीका करिब डेढ सय घरधुरीको समस्या हो। गाउँबाट केही परको कुवामा जतिबेला पनि लाइन हुन्छ। जर्किन, गाग्री लिएर घण्टौंदेखि पानीको पालो पर्खनेको ताँती हुन्छ। मान्छेका लागि खानेपानी, लुगाधुने काम त्यही कुवाबाट हुँदै आएको छ।