१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समूहसँग असन्तुष्ट देखिएका छन्।नेकपा भित्रको विवादपछि खुलेर प्रचण्ड–नेपाल समूहमा लागेका मुख्यमन्त्री भट्टले सो पक्षबाट सहयोग नपाएपछि असन्तुष्ट बनेका हुन्। आफू लागेकै समूहले मुख्यमन्त्रीबाट हटाउने तयारी गरेपछि मुख्यमन्त्री भट्ट प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफलमा जुटेका छन्। आइतबार धनगढीमा कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलसँग उनले भेटवार्ता समेत गरे।

नेता रावलसँगको भेटवार्तामा भट्टले आफ्नै समूहबाट असहयोग भएको बताएका थिए। उनले पछिल्ला अवस्थामा आफूलाई असहज अवस्था सिर्जना भएको भन्दै आइपरेको खण्डमा सहकार्य गरेर अगाडी बढ्ने प्रस्ताव गरे। छलफल क्रममा वर्तमान राजनीतिक अवस्थाबारे पनि कुराकानी भएको नेता रावलका स्वकीय सचिव धनञ्जय रिमालले बताए।

प्रतिपक्षी नेता रावलले पाँच वर्षसम्म नेकपाबीच नै सहमति कायम गरी सरकार चलाउन सुझाएका थिए। आफूहरुलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न जनादेश दिएको र अहिले नै सरकारमा जाने तयारी नरहेको उनले जवाफ दिएको बताइएको छ। कुनै हालतमा सरकार चलाउन नसकेको अवस्थामा मात्रै सम्हाल्ने जिम्मेवारी आफूहरुको रहेको जवाफ रावलले दिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]