०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो।दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान।यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारणलाइनमा जोडिने छ। इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ। इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो।

रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो। आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ। रोङ-६ र सूर्योदय नगरपालिका-५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्‍की निर्माण गरिएको छ। तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ-६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युतगृह निर्माण गरिने छ। दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको इञ्जिनियर दिवस भट्टराईले बताए।यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६.५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो। आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्याङ्‍क र विद्युतगृहसम्मको पहुँचमार्ग करिब निर्माण भइसकेको छ।कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनियर भट्टराईको भनाइ छ। यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारणलाइनमा जोडिने छ।

गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुसीसमेत भएका छन्। गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भन्दै उनीहरु खुसी भएका हुन्। साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ। इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]