सप्तरीका एक जना कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका वडा न. ३ का ३५ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । भदौं ३० मा त्यहाँ भर्ना भएका उनको आज विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलासिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको परिवारजनले बताएका छन । याेसगे सप्तरीमा मृतककाे सख्ङया ९ पुगेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।