सप्तरी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । दाङको देउखुरी क्रिकेट रंगशालामा कर्णाली र प्रदेश २ तथा एपीएफ र लुम्बिनीबीचको खेल हुनेछ ।
साढे नौ बजेबाट सुरु हुने पहिलो खेलमा प्रतियोगिताबाट बाहिरिसकेका कर्णाली र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिउँसो हुने दोस्रो खेलमा सेमिफाइनल पुगिसकेका एपीएफ र लुम्बिनी बीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलको नतिजाबाट समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्ने छ । समूह ‘बी’मा सुदूरपश्चिम प्रदेश, प्रदेश १, गण्डकी र वाग्मती प्रदेश रहेका छन् । समूह ‘बी’को खेल भोलिदेखि सुरु हुनेछ ।