०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – माधव नेपाल-पुष्पकमल दाहाल समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले मुलुकमा संसद् पुनर्स्थापना वा सत्यानाशको बाटोबाहेकको अर्को विकल्प नभएको बताएका छन् ।

गृहजिल्ला रूपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे नेता भुसालले संसद् पुनर्स्थापनाबाहेक अन्य कुनै बाटोले मुलुकलाई अगाडि लैजान नसक्ने दाबी गरे । ‘जनताले अब संसद् पुनर्स्थापना रोज्ने कि मुलुक र विधिको शासनको बाटो रोज्ने बेला आएको छ’, भुसालले भने ।प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि प्रहार गरेको उनले बताए । संविधान, लोकतन्त्र र स्थिरतामाथिको प्रहारलाई हरेक पटक जनताले पराजित गरेको उल्लेख गर्दै नेता भुसालले अहिले पनि जनताले संसद् पुनर्स्थापना गरेरै छाड्ने ठोकुवा गरे ।नेता भुसालले अदालतले पुनर्स्थापना नगरे जनताले विद्रोहका माध्यमबाट सडकबाटै संसद् पुनर्स्थापना गर्ने चेतावनी दिए ।सबै संवैधानिक शक्ति मुठीमा लिएर बसेका राजाले विघटन गरेको संसद् ब्युँताउन सक्ने जनता संविधानमै नभएको अधिकार प्रयोग गरेर अहिलेका प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउन सक्षम रहेको प्रतिक्रिया दिए ।उनले भने, ‘अहिले ओली समूहमा लागेकामध्ये एक जना पनि प्रधानमन्त्रीले ठीक गरे भनेर गएका होइनन् । दुई-चार जना गएका छन्, ती सबै व्यक्तिगत कारणले गएका हुन् ।’

पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीको सरकार कामचलाउ मात्र रहेकाले केही गर्न नसक्ने बताइन् । प्रधानमन्त्री ओलीले नै प्रतिनिधिसभा विघटन भएको स्वीकारेपछि मन्त्रिपरिषद् विस्तार हुनै नसक्ने दाबी उनले गरिन् । घर्तीले भनिन्, ‘एउटै घरमा बसेका हामी महाभारतमा पाण्डव र कौरव जसरी भिड्नुपरेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]