प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर कांग्रेसकाे प्रदर्शन
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार सप्तरीको विभिन्न ठाउमा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार एक सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको हो ।
कांग्रेसको प्रदर्शनमा सम्बन्धित क्षेत्रका सांसद तथा नेता कार्यकर्ताको उपस्थिति रहेको छ । क्षेत्र नम्बर १ बाट रामकुमार चौधरी ,२ बाट राधाकान्त देब ,३ बाट दिनेश यादव र ४ बाट तेजु लाल चौधरी ले नेतृत गरेका छन् ।
यस्तै सप्तरी को राजविराज ,रुपनी ,भारदह लगायतका ठाउँ हरुमा समेत बिसाल प्रदर्शन गरेका छन । कांग्रेसका नेता तथा संसाद मो. समिमले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक कू गरेको भन्दै सबै मिलेर संविधानलाई टकमा ल्याउनुपर्ने बताएका छन्।
संसद विघटनको विरोधमा सोमबार रुपनीमा आयोजित क्षेत्र नम्बर ३ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नहुने बताएका हुन्।