सप्तरी – चर्चित भारतीय कमेडियन तथा उत्तर प्रदेश फिल्म विकास परिषद्का प्रमुख राजु श्रीवास्तवलाई ज्यान मार्ने धम्की आएको छ। अज्ञात समूहबाट फोन गरेर उनीमाथि ज्यान मार्ने धम्की आएको हो। उनीसँगै उनका सल्लाहकार सक्सेना तथा पीआरओ गर्वित नारंगलाई पनि धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
धम्की आएपछि राजुले गृहमन्त्री अमित शाहलाई सुरक्षा प्रदान माग गरे। फोनमार्फत उनका बच्चालाई मारिदिने तथा लखनऊका कमलेश तिवारीको जस्तो हालत बनाइदिने धम्की दिएको राजले बताएका छन्।हिन्द्र समाज पार्टीका नेता कमलेशको १८ अक्टोबर २०१९ मा लखनऊमा हत्या गरिएको थियो। उनीमाथि चक्कु प्रहार गर्नुका साथै गोलीसमेत हानिएको थियो।करिब सात वर्ष अगाडि पनि उनीमाथि ज्यान मार्ने धम्की आएको थियो। त्यो बेला कराची तथा दुबईबाट फोनमार्फत धम्की आएको थियो। बेलाबेला किन आइरहन्छ धम्की?
राजुले हालै एक भिडिओ सार्वजनिक गरेका थिए। जसमा उनले उत्तर प्रदेशमा हुने अवैध निर्माण तथा भारतले पाकिस्तानमाथि गरिरहेको दमनका विपयमा बोलेका थिए।यही कारण उनीसँगै श्रीमती तथा बच्चाहरूलाई समेत मार्ने धम्की आएको बताइएको छ। कमेडीबाट आफ्नो करिअरको सुरूआत गरेका राजुले थुप्रै चलचित्रमासमेत काम गरिसकेका छन्।