२० पौष २०८१, शनिबार
wait Please...

जय कामत

बिहिबार, आश्विन ०१, २०७७

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगरले आज -बिहीबार वडा नम्बर १४ र वडा नम्बर २ का संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ ।

नेकपाले कोरोना संक्रमितमाथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले संक्रमित र उनका परिवारसँग भेटघाट र सहयोग अभियान सुरु गरेको थियो ।

अभियान अन्तर्गत आज विराटनगरको वडा नम्बर १४ का ३० जना संक्रमित र उनका परिवार तथा वडा नम्बर २ का १० जना संक्रमित र उनको परिवारसँग भेटघाट भएको हो । अभियानमा सहभागी नेकपाका केन्द्रीय सदस्य तथा संघीय सरकारका पूर्वमन्त्री शिवकुमार मण्डलले संक्रमितलाई भेट गर्दै आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार प्रदान गर्नुभएको छ । मण्डलले जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्दै संक्रमितलाई समाजलेविभेद गर्नु नहुनेमा जोड दिनुभयो ।

यस्तै नेकपा मोरङका नेता बाबुराम कार्कीसहितको टोलीले वडा नम्बर २ मासोही अभियान संचालन गरेको छ । नेता कार्कीले पनि नेकपाको तर्फबाट वितरण गर्ने विभिन्न सामाग्रीहरु संक्रमित र उनका परिवारलाई हस्तान्तरण गर्नुभएको थियो । वडा नम्बर १४ र वडा नम्बर २ को अभियानमा नेकपा विराटनगरका अध्यक्ष सागर थापा, सचिव हेम कार्की विशाल, प्रदेशसदस्य भोगेन्द्र यादव, नेकपा विराटनगर कार्यालय सदस्य शारदा मैनालीलगायतकोउपस्थिति थियो ।

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव १ हजार संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]