१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष १६, २०७७

सप्तरी – दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले हराएको छ। प्रदेश नम्बर १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन बनाउँदा नै अलआउट भएको हो। जसमा गण्डकीका ९ खेलाडी शून्यमै आउट भए। कुशुम गोदारले ८ बलमा २ रन, सोनिया थापाले ८ बलमा २ रन नै बनाए। ३ रन अतिरिक्त आएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश नम्बर १ का लागि काजल श्रेष्ठले ५७ बलमा ५२ रन, रुबिना क्षेत्रीले १७ बलमा १५ रन साथै रोमा थापाले ४९ बलमा ५१ रन बनाएका थिए।योसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमसँग र समूह ‘ए’ को उपविजेता लुम्बिनी प्रदेशले समूह ‘बी’ को विजेता प्रदेश नम्बर १ सँग शनिबार खेल्नेछ। फाइनल खेल आइतबार हुनेछ।

प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए। बाहिरिएका प्रदेश नम्बर २ र वागमती प्रदेशले भने एक–एक खेल जिते।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]