०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष १७, २०७७

सप्तरी – यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् ।यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा विस्फोट भएपछि ज्यान जोगाउन भाग्दै सर्वसाधारण ।


युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै विस्फोट गराइएको हो । घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ । तर यमनका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । यमनी सूचनामन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको बताएका बीबीसीले उल्लेख गरेको छ । यमन करिब ५ वर्षदेखि द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमन द्वन्द्व चर्केको हो । यमनमा करिब ५ वर्षदेखि जारी द्वन्द्वका कारण १ लाख १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । द्वन्द्व चर्कंदै गएका कारण लाखौं मानिस भोकमरीको सिकार भएका छन् । कोरोना भाइरसको महामारीका कारण झन् यमनको अवस्था कमजोर बन्दै गएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा विमानबाट यात्रीहरू ओर्लिंदै गरेका बेला ठूलो विस्फोट भएको देखिएको छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धूवाँ निस्किएको देखेपछि भागेका थिए । त्यसको केही समयमै गोली चलेको आवाज सुनिएको थियो । समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुइटा विस्फोट सुनेको बताएका बीबीसीले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी मामिला हेर्ने एक मन्त्रीले पनि दुईपटक विस्फोटन भएको सुनेका बताए । घटनाको कारण स्पष्ट हुन सकेको छैन ।

साउदी अरबको एक टेलिभिजनले प्रसारण गरेको भिडियोमा धावनमार्गमा क्षेप्यास्त्र आक्रमण गरिएसँगै विस्फोट भएको देखिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले घटनामा आफ्ना एक कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । यमनी समाचार वेबसाइट अल–मस्दरले श्रम मन्त्रालयका उपसचिवको मृत्यु भएको जनाएको छ । वेबसाइटका अनुसार घटनामा दुई जना उपमन्त्री घाइते छन् । प्रधानमन्त्री मीन अब्दुल मलिक सइदसहित मन्त्रिपरिषद् सदस्यलाई आक्रमणलगत्तै सुरक्षित स्थलमा लगिएको थियो ।

सन् २०१९ को अगस्टमा सैन्य परेड भइरहेका बेला हुथी विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । यसैबीच, हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा बुधबार राति हवाई आक्रमणहरू भएका छन् । सरकारको नियन्त्रणमा रहेको एडेन सहरमा भएको आक्रमणको केही घण्टामा नै सानामा आक्रमण भएको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार सानाको आकाशमा लडाकु विमानको आवाज सुनिएलगत्तै विभिन्न विस्फोटहरू भएका थिए । यमन सरकारको समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले ती हवाई आक्रमण गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]