२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – कोरोना भाइरस महामारीका कारण लामो समयदेखि मानिसको घुइँचो हुने मेला तथा जात्राहरु आयोजना भएका थिएनन्। तर, पछिल्लो समय भने मेला तथा जात्रा लाग्न थालेको छ।

धनकुटा सदरमुकामबाट करिब आठ किलोमिटर पूर्वमा रहेको धनकुटा नगरपालिका–२ भीरगाँउमा धार्मिक तथा पर्यटकीयस्थल मधुगंगा महादेवस्थानमा धान्य पूर्णिमा तथा उधौली पर्वको अवसरमा सोमबारदेखि पाँच दिने धार्मिक लागेको छ। मेला भर्न धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लगायत पूर्वका अधिकांश जिल्लाबाटसहित धनुषा, महोत्तरी लगायतका देशका अन्य जिल्लाबाट सर्वसाधारण आउने गर्दछन्।मधुगंगा धामको झरनामा नुहाउने र गुफाभित्र रहेको महादेवथानमा पूजा गर्न भक्तजनको घुइँचो लागेको छ। मधुखोलाको ६० फिट अग्लो झरना सँगै रहेको करिब ६० फिट लामो प्राकृतिक गुफाभित्र मन्दिर छ। गुफाको अन्तमा रहेको शिवलिङ्गलाई महादेवको प्रतीक मानी पूजा गर्ने गरिन्छ। गुफाभित्र अँध्यारो भएकाले बत्ती लिएर मात्र भित्र जान सकिन्छ। यसैको छेउमा लिङ्गेश्वरी देवीको स्थापना गरी ढोका लगाइराखिएको छ। मेला लागेको बेला मन्दिरमा भाकल पूरा गर्ने र त्यसो गरेमा मनोकामना पूरा हुने विश्वास रहेको मन्दिरका पुजारी जमानध्वज राईले बताए।गत वर्षहरुभन्दा यस वर्ष मेलामा भक्तजन कम मात्रामा आएका छन्। भक्तजन कम आउनुको कारण कोभिड १९ संक्रमणको त्रास नै मुख्य रहेको मन्दिरका पुजारी जमानध्वज राईले बताए। मेला लागेको सयममा पाँच वर्षदेखि व्यापार गर्दै आएका जनकपुरका हिरा साहले यो वर्ष कोरोनाको कारणले भक्तजन कम आएसँगै व्यापार धेरै कम भएको बताए।यो ठाउँमा धेरै वर्ष पहिले मधु र गंगा देखा परेको र त्यसपछि उनीहले शिवजीलाई खोज्दै आएको भनी बताएको किंबदन्ती रहेको छ।

त्यसपछि त्यहाँ एक पुजारीको खोजी भएको धेरैले इच्छा देखाएपछि ती मधु र गंगाले स्थानीय राई जातिका एक व्यक्तिलाई पुजारी रोजेर अन्तरध्यान भएको किम्बदन्ती छ। तिनै राईका सन्तान हालसम्म पुजारी रहँदै आएको मन्दिरका पुजारी राईले बताए। त्योबेला पुजारी बनेका ती व्यक्तिले मन्दिरको स्थापना गरेको इतिहास पाइन्छ। तर, सुरुका के नाम गरेका पुजारी थिए भन्ने नाम खुलेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]