०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष १८, २०७७

सप्तरी – बंगलादेशको मोबाइल फोन ब्रान्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । सिम्फोटेक प्रालिले यी मोबाइल नेपाली बजारमा उपलब्ध गराएको हो ।कम्पनीले पहिलो चरणमा सिम्फोनी जेड१८, सिम्फोनी जेड२८ र सिम्फोनी जेड३० प्रो गरी तीन स्मार्टफोन सार्वजनिक गरेको छ । सिम्फोनी जेड३० प्रो स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले छ ।

फोनमा मिडियाटेक अक्टाकोर १.८ गिगाहर्जको प्रोसेसरका साथ ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ । ५ हजार एमएएचको ब्याट्रीजस्ता विशेषता यसमा छन् ।सिम्फोनी जेड २८ स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, १३ मेगापिक्सेलको मुख्य क्यामेरा, ४ हजार एमएएचको ब्याट्री, ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज अप्सनजस्ता विशेषता छन् । सिम्फोनी जेड१८ मा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, ५ हजार एमएएचको ब्याट्री प्याक छ । यो स्मार्टफोन २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज रहेको कम्पनीले जनाएको छ ।

सिम्फोनी जेड३० प्रो १६ हजार ४ सय ९९ रुपैयाँ, सिम्फोनी जेड२८ को मूल्य १३ हजार ४ सय ९९ रुपैयाँ र सिम्फोनी जेड१८ को मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]