०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – कोरोना महामारीको जोखिमका बीच मिस तामाङ–२०२१ आयोजना हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिस तामाङ २०२१ को आयोजक संस्था एभरेस्ट फेसन होमले सो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।

मिस तामाङको यो १३औं संस्करण हुनेछ। तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पु-याउने उद्देश्यले यो प्रतियोगितालाई निरन्तरता दिन लागिएको आयोजक संस्थाकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी गराइन्। प्रतियोगितामा सहभागिताका लागि तामाङ जाति हुनुपर्ने, उमेर १६ देखि २८ वर्षको हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट, शैक्षिक योग्यता एसईई हुनुपर्ने उनले जानकारी गराइन्।

‘माघ १० गते प्रतियोगिको छनोट गरी माघ १४ बाट तालिम शुरू हुनेछ।’ –अध्यक्ष ब्लोन भनिन्। मिस तामाङ विजेताले नगद १ लाख रुपिया“, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ। यस्तै फस्ट रनर्सअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर र सेकेन्ड रनर्सअपले नगद ३० हजार रुपिया“, सिल्भर क्राउन र गिफ्ट ह्याम्पर पाउनेछ। यसै गरी, १० विधामा सबटाइटल विजेता चयन गरिने आयोजकले जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]