०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – नायिका रणवीर कपुर र नायिका आलिया भट्ट परिवारसँगै नयाँ वर्ष मनाउन रणथम्भोर पुगे । कपुर परिवारको नयाँ वर्षमा आलिया पनि पुगेकी थिइन् । केही समयदेखि आलिया र रणवीर प्रेममा छन् ।

तर, सामाजिक संजालमा एउटा तस्वीर भाइरल भयो । जहाँ, नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह पनि नयाँ वर्ष मनाउन पुगेका छन् । उनीहरु पनि नयाँ बर्ष मनाउन रणथम्भोर नै पुगेका छन् । सामाजिक संजालमा २ रणवीरको साथमा आलिया र दीपिका देखिएका छन् । नायक रणवीर कपुरसँग केही बर्ष अगाडि नायिका दीपिका पादुकोणको गहिरो प्रेम थियो । तर, रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका रणवीर सिंहको प्रेममा परेकी थिइन् । प्रेममा परेको केही समयपछि उनीहरुले बिहे गरेका हुन् ।आखिर, कपुर परिवार र आलियाको नयाँ वर्षमा रणवीर र दीपिका पनि कसरी मिसिए ? के यो योजना अनुसार नै थियो त ?
भारतीय मिडियाका अनुसार रणवीर र दीपिका कपुर परिवारले नयाँ बर्ष मनाउन पुगेको स्थानमा योजना अनुसार नै पुगेका होइनन् । यो अकस्मात भएको घटना हो ।कपुर परिवारले आलियासँग रणथम्भोरमा नयाँ बर्ष मनाउने योजना एक महिना अगाडि नै बनाएको थियो । डिसेम्बरको अन्तिम साता आलिया र दीपिकाले नयाँ बर्षको बिषयमा कुरा गरेका थिए । सोही समयमा नै दुबैले एकै ठाउँमा नयाँ बर्ष मनाउन जान लागेको थाहा पाएका थिए ।एउटै ठाउँमा होलिडे मनाउन पुगेपनि रणवीर र दीपिकाले कपुर परिवारसँग समय भने बिताएका थिएनन् । उनीहरुले भेट मात्र गरेर तस्वीर खिचाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसैपनि दीपिका रणवीरकी आमा नीतु कपुरसँग सहज महशुश गर्दिनन् । दीपिकासँग रणवीरको ब्रेकअप हुनुमा नीतुले दीपिकालाई मन नपराउनु पनि रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]