सप्तरी – बलिउड अभिनेत्री कंगना रनौटलाई नागरिक अदालतले नियम उल्लघंन गरेको आरोप लगाएको छ । अभिनेत्रीले मुम्बईमा बनाएको घर पछिल्लो दुई वर्षदेखि विवादमा आइरहेको छ ।
कंगनाले बीएमसीलमाथि कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरेकी थिइन् । समाचार अनुसार अदालतले यसको फैसला १७ डिसेम्बरमा गरेर कंगनाले नियमको उल्लघंन गरेको बताएको थियो ।फैसला गर्ने वकिलको अनुसार कंगनाले १६ तलाको भवनमा पाँचौ तलामा तीन फ्याट बनाउदा कसंक एरिया, डक्ट एरिया र कमन प्यासेज बनाएकी थिइन् । यसको साथै खुला रहने स्थानमा पनि कोठा बनाएकी थिइन् ।अदालतले गरेको यस्तो फैसलामाथि कसैले पनि दखल दिन आवश्यक नभएको बताएको छ । कंगनालाई यस फैसलाको विरुद्ध उच्च अदालत बम्बैमा अपिल गर्नलाई ६ हप्ताको समय दिएको थियो ।