सप्तरी – संविधानमा प्रतिनिधि सभा विघटनको धारा नदेखेको भन्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले संविधानको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन् ।
बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद रायमाझीले संविधान नेपालीमा लेखिएको भन्दै प्रधानमन्त्रीमाथि व्यंग गरे ।‘संविधान नेपालीमा लेखिएको छ, नेपालीमा पढ्न जान्नुभएन भने अंग्रेजीमा उल्था गरिएको छ, पढ्नु होला । म बोलेपछि अध्यक्षमार्फत प्रधानमन्त्रीलाई संविधानको यो प्रति पठाउने छु,’ रायमाझीले भने ।
वैकल्पिक सरकार नबनेमात्र मध्यावधिमा जान सकिने विकल्प भएपनि असंवैधानिक ढंगले संसद् भंग गरिएको भन्दै रायमाझीले भने– ‘तानशाह प्रधानमन्त्रीको भरमा हिँड्दा राष्ट्रपति विवादमा पर्नुभएको छ । जे पनि गर्ने प्रधानमन्त्री हिटलर हो ?’