मोरंगको बिराटनगर -१५ रानी स्थित जुटमिलको पर्खाल भत्किएर खस्दा एक महिला को मृत्यु भएको छ।
मोरङ बिराटनगर-१५ रानी एरिया स्थितमा बस्ने ५५ बर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागी जादै गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्कीएर स्थानीय समिरुलाई किच्दा उनि गम्भिर घाईते भएकी थिईन ।
घाइते समिरुलाई उपचारका लागि बिराटनगर स्थित न्युरो अस्पताल लागिएको थियो। उपचारको क्रममा दिउसो साढे १२ बजे समिरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।