१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ ।राष्ट्रपति र प्रधानमन्त्रीमाथि सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बढाएको हो ।

यसअघि नेपाली सेनाका कर्णेलको नेतृत्वमा प्रधानमन्त्री ओलीको सुरक्षामा ५० जना भन्दा बढी नेपाली सेनासहितको टोली परिचालित हुने गरेको थियो ।तर पछिल्लो राजनीतिक घटना क्रमसँगै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रम सहभागी हुन थालेपछि भैरबनाथ गणबाट थप २५ जना प्रधानमन्त्रीको सुरक्षामा खटिएका छन् ।प्रधानमन्त्री सहभागी हुने सार्वजिनक कार्यक्रमस्थमा यसअघि सादा पोशाकका सुरक्षार्की मात्र खटाइने गरेपनि अब भने हतियारसहितका सुरक्षाकर्मी उपस्थित हुने छन् ।यस्तै अदालतमा विचाराधिन रहेको प्रतिनिधिसभा विघटनको मुद्दा किनारा नलागेसम्म राष्ट्रपति भण्डारीलाई शितल निवास बाहिर नजान सुरक्षा अधिकारीहरुले सुझाव दिएको बताइएको छ ।यसैबीच प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पटक पटक भेटवार्ता गर्नुभएको छ ।

यसअघि प्रधानसेनापतिले साप्ताहिक रुपमा नियमित भेटघाट गर्ने गरेपनि पछिल्ला दिनहरुमा दोस्रो तहका अधिकारीहरुसहित प्रधानमन्त्री ओलीसँग भेटघाट बढाउनुभएको हो ।प्रधानसेनापति थापाले प्रधानमन्त्री ओलीसँग भेटघाट बढाएसँगै बढुवाको लाइनमा रहेका दोस्रो तहका सैनिक अधिकारीहरुले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]