०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०९, २०७७

सप्तरी-झण्डै ६ महिनापछि सप्तरीको राजविराज विमानस्थलमा पनि आज बाट नियमित उडान सेवा सुरु भएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण विगत ६ महिनापछि नेपालमा गत सोमवारबाट आन्तरिक उडान सुरु भएसँगै ‘बुद्ध एयरलायन्स’ले राजविराज विमानस्थलमा पनि उडान सेवालाई निरन्तरता दिएको हो ।
एयरलायन्स कम्पनीले सूचना जारी गर्दै उडान भर्ने समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार आज दिउँसो १२ बजेर १५ मिनेटमा काठमाडौं–राजविराज तथा दिउँसो १ बजेर १५ मिनेटमा राजविराज–काठमाडौंकालागि उडान भर्नेछ ।

सोहीअनुसार आज दिउँसो १ बजे ‘९एन एईदवलु ’ नम्वरको विमान राजविराज विमानस्थलमा विमान अवतरण गरेको छ । निरन्तरको झरीले निर्धारित समयभन्दा केही ढिलाई भएको जनाएको छ ।
यसैबीच एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले दिएकाे जानकारि अनुसार हाललाई न्यूनतम भाडादर ३२ सय ५५ (ई कलाश) रुपैयाँ निर्धारण गरिएको जानकारी दिनुभयाे ।

यसैगरी ३५ सय ५५ (सी क्लास), ३८ सय ५५ (डी क्लास), ४५ सय ५५ (बी क्लास), ५२ सय ५५ (ए क्लास) र ५९ सय ५५ (वाइ क्लास) निर्धारण गरिएको जनाएको छ ।
कोरोनासम्बन्धि स्वास्थ्य प्रोटोकल पालना गरी उडान सेवा थालिएको एयलायन्सले जनाएको छ ।
तर अाजबाट उडान सेवा शुरु गरेपनि काेराेना कहर र लगातारकाे वर्षा कारणले सेवाग्राहीकाे कमि देखिएकाे एयलान्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]