१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७
Sorry No Photo is selected hare

सप्तरी -बुटवलको ऐतिहासिक किल्ला जितगढीको प्रवर्द्धनका लागि बुटवलमा हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । जितगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित शनिबार सम्पन्न दौडमा मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जितगढीमा पुगेर समाप्त भएको थियो ।हाफ म्याराथनको उपाधी खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।म्याराथनको २१ किलोमिटर दुरी उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधी हात पारेका हुन् । यसैगरि नारायण दल गण कपिलबस्तुका सुबास कार्की १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान बनाए ।

महिलातर्फको उपाधी गरुण दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गरिन् भने सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । विजेताहरुलाई क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]