०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – इण्डोनेशियाको श्रीविजय एयरको विमान दुर्घटना भएको स्थल फेला पारेको इण्डोनेशियाका अधिकारीहरुले बताएका छन् । शनिबार राजधानी जाकार्ताबाट उडेको छोटो समयमै दुर्घटना भएको बोइङ ७३७ विमान समुद्रमा दुर्घटना भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जाकार्ताबाट पश्चिम कालिमान्तान राज्यको पोन्टियांकका लागि उडेको विमान टेकअफ गरेको ४ मिनेटमै राडारको सम्पर्कबाट हराएको थियो । विमानमा ५० यात्रु र १२ क्रु सदस्य गरी ६२ जना थिए ।

सम्भावित दुर्घटनास्थलमा अहिले नेवीका गोताखोरहरुसहित १० भन्दा बढी पानीजहाजहरु परिचालन गरिएका छन् । ‘हामीले २ विन्दूमा संकेतहरु फेला पारेका छौं, यो सम्भवतः विमानको ब्ल्याक बक्स हुन सक्छ’ इण्डोनेशियाको खोजी तथा उद्धार एजेन्सीका प्रमुद बागुस पुरुहितोले भने । अनुसन्धानकर्ताहरुले समुद्रमा फेला परेका र विमानबाट उछिट्टिएका हुन सक्ने मानिएका वस्तुहरुको पनि विश्लेषण गरिरहेका छन् । जाकार्ता पुलिसका प्रवक्ता युसरी युनिसले खोजी तथा यद्धारको क्रममा २ झोलाहरु फेला परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]