१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतले जितका लागि ४०७ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाले आज चौथो दिन ३१२ रन बनाएर दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि भारतले ४०७ रनको लक्ष्य पाएको हो। सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले १०३/२ को स्थितिबाट चौथो दिनको सुरूआत गरेको थियो। अघिल्लो दिनको स्कोरमा थप २०९ रन जोडेपछि घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो। अस्ट्रेलियाले ३१२/६ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो।

चौथो दिन थाल्दा अस्ट्रेलियाका मार्नुस लाबुसेन ४७ तथा स्टिभ स्मिथ २९ रनको स्थितिमा थिए। लाबुसेनले ७३ रन बनाउँदा स्मिथले ८१ रन बनाए। पहिलो इनिङमा पनि लाबुसेनले ९१ तथा स्मिथले १३१ रन बनाएका थिए। क्यामरून ग्रिन ८४ रन बनाएर आउट हुँदा कप्तान टिम पाइन ३९ रनमा अविजित थिए। म्याथ्यू वेडले चार रन बनाए। भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए भने जसप्रित बुमराह र मोहम्मद सिराजको नाममा एक/एक विकेट रह्यो। अस्ट्रेलियाले ३३८ रन बनाएको थियो। भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। चार खेलको टेस्ट श‍ृङ्खला एक-एक को बराबरीमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]