०९ पौष २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – अमेरिकाको क्यापिटल हिल (संसद् भवन) मा भएको हिंसापछि सामाजिक सञ्जाल ट्वीटरले स्थायी रुपमै राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट निलम्बित गरेको छ । यससँगै भारतका प्रधानमन्त्री मोदीलाई फाइदा भएको छ । ट्वीटरमा विश्वकै सबैभन्दा धेरै फलोअर्स पाउने विश्वका कार्यकारी प्रमुख नेताको सूचीमा मोदी पहिलो स्थानमा उक्लिएका छन् । ट्रम्पको आग्रहमा उनका सयौं समर्थकहरुले बुधबार क्यापिटल हिल घेराऊ गरेका थिए । त्यहाँ हिंसा निम्तदा ५ जनाको मृत्यु भयो । शुक्रबार ट्वीटरले स्थायी रुपमै ट्रम्पको एकाउन्टलाई निलम्बन गरिदिएको छ ।

निलम्बित हुनअघि ८ करोड ८७ लाख फलोअर्स रहेका ट्रम्प ट्वीटरमा सबैभन्दा धेरै फलो गरिने कार्यकारी प्रमुख नेता थिए । उनीपछि दोस्रो स्थानमा रहेका मोदीको ६ करोड ४७ लाख फलोअर्स छन् । त्यसैले, अब यो सूचीमा मोदी पहिलो स्थानमा उक्लिएका छन् । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनका ट्वीटरमा २ करोड ३३ लाख फलोअर्स छन् । सर्वाधिक धेरै ट्वीट फलोअर्स भएका राजनीतिज्ञ भने अमेरिकाकै बाराक ओबामा हुन् । पूर्व राष्ट्रपति ओबामालाई ट्वीटरमा १२ करोड ८० लाखभन्दा धेरैले फलो गरेका छन् । यद्यपी, पदमा बहाल नेतामध्ये मोदी सर्वाधिक धेरै फलोअर्स कमाउने नेता बनेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]