१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – नेकपाको प्रचण्ड–नेपाल समूहले आज सुदूरपश्चिम, लुम्बिनी र प्रदेश नम्बर १ मा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूहले आज ३ वटा प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो।

प्रदेशहरूमा बृहत कार्यक्रम गर्ने संविधान विघटन असंवैधानिक कदम भएको, यस विरुद्ध कसरी अघि बढ्ने लगायतका विषयमा कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले जानकारी दिइन्।

साथै प्रचण्ड–नेपाल समूहको जन कलाकार संघले माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछ। प्रचण्ड–नेपाल पक्षले हिजो प्रतिनिधिसभा विघटन गैर संवैधानिक भन्दै सडकमा संविधान वाचन तथा ब्याख्या गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]