०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङ कम्पनीको मुनाफा २६ प्रतिशतले बढेको छ । कोरोना भाइरस महामारीका बीच सामसुङका सबैजसो उत्पादनहरुको मागको वृद्धिदर उच्च बनिरहेको भए पनि स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने तीव्र बनेको बताइन्छ ।

अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा कम्पनीको खूद मुनाफा ८ अर्ब २० करोड डलर अर्थात् ९ ट्रिलियन वन रहने रिपोर्ट सामसुङले सार्वजनिक गरेको छ ।यस अवधिमा कम्पनीले आफ्ना वस्तु तथा सेवा बिक्रीबाट कूल ५६ अर्ब डलर आम्दानी गरेको छ ।सामसुङका इलेक्ट्रोनिक्स उपकरण तथा डिस्प्ले प्यानल लगायतका प्रडक्टहरुको माग मजबुत रहेकोमा यो ट्रेण्ड आगामी दिनमा पनि जारी रहने र स्मार्टफोन बजारमा भने सामसुङले कठोर प्रतिस्पर्धाको सामना गरिरहनुपर्ने विश्लेषकहरुले बताएका छन् ।गत वर्ष चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले सामसुङलाई पछि पार्दै विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी बनेको थियो भने एप्पलले आफ्नो पहिलो फाइभ जी स्मार्टप्mोन लञ्च गरेको थियो । उक्त परिप्रेक्ष्यमा सामसुङले बजारमा अभूतपूर्व प्रतिस्पर्धाको सामना गर्नु परेको छ ।

यावत् परिस्थितिका बाबजुत चालू वर्ष सन् २०२१ मा सामसुङको आम्दानी मजबुत नै रहने र यसमा स्मार्टफोन र मेमोरी चिप्सको उच्च बिक्रिदरको योगदान रहने विश्लेषण गरिएको छ । आसन्न सामसुङ ग्यालेक्सी ए–२१ बजारमा आएसँगै सामसुङले स्मार्टफोन बजारमा यो वर्ष तहल्का मच्चाउने अनुमान गरिएको छ
सामसुङले यही जनवरी महिनाको अन्त्यतिर ग्यालेक्सी ए–२१ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]