०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ ।तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको छ ।
२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनु पर्ने छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सम्भवत मंगलबार महाअभियोगका बारेमा पहिलो मतदान हुन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ । संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग ट्रम्पमाथि लगाउने तयारी छ ।

घटनामा प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सन् २०१९ को अन्तिममा पहिलोपटक महाअभियोगको सामना गरेका ट्रम्प चार वर्षे कार्यकाल नौ दिन मात्र बाँकी रहँदा पुनः महाअभियोगको सामना गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]