सप्तरी – कतारका दुई कम्पनीले नेपालीले पाउन बाँकी रकम भुक्तानी गरेका छन्।उनीहरुले यसअघि नै नेपाल फर्किसकेका तर तलव लगायत सुविधा पाउन बाँकी रहेका १४ नेपालीको झण्डै आधा करोड रुपैयाँ दूतावास मार्फत भुक्तानी दिएका हुन्।अल दला क्लिनिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले २ र अल बन्ड्री इन्जिनियरिङ कम्पनीले १२ नेपालीको पाउन बाँकी रकम भुक्तानी गरेको दूतावासले जनाएको छ।
उक्त रकम दूतावासले कन्सुलर सेवा विभागमा पठाएको छ। अब विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने छ। फर्किसकेका श्रमिकले आफ्नै जिल्लाको प्रशासन कार्यालय मार्फत उक्त रकम पाउने छन्।