०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको छ ।

ठेक्का सम्झौता अनुसार रासायनिक मल आयात नगरेपछि कृषि सामाग्री कम्पनीले सोमबार दुवै कम्पनीको सम्झौता खारेज गरी कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजको कृषि सामाग्रीसँगको यो तेस्रो सम्झौता हो ।शैलुङले कृषि सामाग्रीसँग मल आयात गर्ने तीन वटा ठेक्का सम्झौता गरेको थियो । एउटै पनि ठेक्का सम्झौता अनुसार काम भएन । मल आयात अहिले अलपत्र छ । कम्पनीसँग गरेको सम्झौता भन्दा अन्तर्राष्ट्रिय बजारमा मलको मुल्य महँगो पर्ने भएपछि ठेकेदार कम्पनीले मल आयात नगरी अलपत्र पारेको हो ।ठेकेदार कम्पनी शैलुङले कृषि सामाग्रीसँग गरेको ठेक्का सम्झौता अनुसार मल आयात गर्न नसकेपछि कानुनी अनुसार कम्पनीलाई कालोसुचीमा राख्न सिफारीस गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । शैलुङले कृषि सामाग्री कम्पनीसँग पटक पटक गरी ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएको थियो ।कम्पनीसँग गरेको समझौता अनुसार मल आपूर्ति नगरेपछि सबै सम्झौता खारेज गरी कानुनी कारवाही अघि बढाएको कम्पनीका प्रबन्ध संचालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । शैलुङ इन्टरप्राइजेजसँग पहिलो पटक २५/३० हजार मेट्रिक टन आयात गर्ने ठेक्का सम्झौता गरेको थियो । पछिल्लो पटक २५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने सम्झौता गरेको थियो ।कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार शैलुङ इन्टरप्राइजेजसँग मल आयातका लागि २०२० जुन १९मा सम्झौता गरेको थियो भने मुक्तिनाथ कृषि कम्पनीसँग २०२० अगष्ट २ मा ठेक्का सम्झौता भएको थियो ।कम्पनीले शैलुङसँग अमेरीक डलर ४ लाख २ हजार ५ सयमा २५ हजार मेट्रिक टन युरिया मल २८ नोभेम्बर २०२० सम्ममा आयात गरी सक्ने ठेक्का सम्झौता थियो भने मुक्तिनाथसँग अमेरिकी डलर ३ लाख ९९ हजारमा २५ हजार मेट्रिक टन युरिया र ३ लाख ९७ हजारमा २० मेट्रिक टन डिएपी ४ डिसेम्बर २०२० मा आयात गरी सक्ने ठेक्का सम्झौता गरेको थियो । दुबै ठेकेदार कम्पनीले सम्झौता बमोजिम मल आयात नगरेपछि कम्पनीले सोमबार सम्झौता खारेज गरी कानुनी कारवाही अघि बढाएको प्रवक्ता पोखरेलले बताए ।उनले कम्पनीले मल आयात अलपत्र पारेपछि दुबै ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको बताए । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको बैंक धरौटी जफत गर्न कम्पनीले प्रक्रिया अघि बढाएको बताए ।

कम्पनीले यसअघि २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न शैलुङ इन्टरप्राइजेजसँग र २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि होनिको मल्टिपल प्रालिसँग २०२० अप्रिल २४ र २७ अप्रिलमा सम्झौता गरेको थियो । कम्पनीले ५ सेप्टेम्बर २० भदौ सम्ममा सबै मल आयात गरी सक्नैपर्ने म्याद दिएको थियो । सम्झौता अनुसार मल आयात नगरेपछि कम्पनीले भदौ तेस्रोसाता सो सम्झौता खारेज गरेको थियो । कम्पनीले ठेकेदारसँगको बैक धरौटी समेत जफत गरेको थियो । प्रवक्ता पोखरेलले सोही अनुसार अहिले पनि कम्पनीलाई कानुनी कारवाही गरी सबै बैक धरौटी जफत गर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]