१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष २८, २०७७

सप्तरी – प्रदेश नम्बर–१ मा आउँदो माघ ७ गतेका लागि प्रदेशसभा बैठक डाकिएको छ । तर, नेकपामा देखिएको विवाद र राजनीतिक ध्रुवीकरणबीच सदन चल्नेभन्दा पनि झडपको खतरा देखिएको छ । सम्भावित विवाद र सदनको कारबाहीलाई सुचारु गर्न सभामुख प्रदीपकुमार भण्डारीले नेकपाका अलग–अलग समूह र विपक्षी दलसँग छलफल थालेका छन् ।

नेकपाको दाहाल–नेपाल र ओली समूहका तर्फबाट एकले अर्कोलाई कार्बाही गरिएको घोषणा भइरहेको छ । आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसद्हरुलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालय पुगेको छ ।मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ जनालाई निलम्बन गरेको छ । भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई कार्बाही गरेको घोषणा गरेको छ । निलम्बन गरिएकाहरुलाई प्रदेशसभा बैठकमा प्रवेश गर्नै नदिने रणनीति अख्यितार गर्नेतर्फ नेकपाका समूह सक्रिय हुँदा प्रदेशसभा बैठकमा ‘लफडा’ हुन सक्ने खतरा बढेको हो ।नेकपाका एक सांसद्ले भने, “एक समूहले अर्कोलाई निलम्बन गर्ने र बैठकमा सहभागी हुन रोक्नेसम्मको प्रयास हुने देखिएको छ । प्रदेश सांसदहरुबीच नै झडपको अवस्था आउने खतरा देखिन्छ ।” कार्यव्यवस्था परामर्श समितिमा समेत नेकपाको विवादले असर गर्ने देखिएको र समूहका प्रमुख सचेतकले सहभागी हुन विवाद गर्न सक्ने उनले बताए ।सभामुख भण्डारीले आफूले सत्तासीन दल र विपक्षीसँग समेत आवश्यक परामर्श थालेको बताएका छन् । उनले भने, “संविधान, विधि र कानुनलाई आधार बनाएर मैले बैठकको सहजीकरण गर्ने हो । विवाद हुन नदिन अनि बैठकको कारबाहीलाई सहजरुपमा सञ्चालन गर्न सबैसँग परामर्श र छलफल गरिरहेको छु ।” सभामुख भण्डारीले राजनीतिक विषय दल र नेताहरुले मिलाउने तर सदनको कारबाहीलाई अनुशासित र सहमतिको आधारमा सञ्चालन गर्ने जिम्मेवारी आफ्नो भएको सुनाए ।

दलभित्र आधिकारिकताको विवादसमेत चर्किएर गएपछि संसद् सचिवालयले मंगलबार कानुन व्यवसायीसँग छलफल आयोजना गरेको छ । अहिले उत्पन्न परिस्थिति र कानुनी व्यवस्थाको विषयमा छलफल आयोजना गरिएको सचिवालयले जनाएको छ ।सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसँग परामर्श गरिसकेका छन ।प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरुसँग औपचारिक र गहन छलफल नभएको बताएका छन् । उनले भने, “नेकपामा पार्टीको विवाद देखिएको छ । तर, संसद् बैठक सञ्चालनमा आउँदा समस्याहरु आउन सक्छन् । तर, एकले अर्कोलाई नै निषेध र रोक्ने भन्ने हुँदैन ।” कार्कीले सदनको कारबाहीमा दलबीचको विवादले समस्या भने आउन नहुने तर्क गरे । प्रदेशसभाको बैठक माघ ७ गते दिउँसो २ बजेको लागि बोलाइएको छ ।

दाहाल–नेपाल समूहका नेकपा संसदीय दलका नेता भीम आचार्य काठमाडौं गएका छन् । उनीसँग भने छलफल हुन बाँकी रहेको बताइएको छ । प्रदेश–१ मा ९३ जना सांसद् छन् । नेकपासँग दुईतिहाइ पुग्ने ६७ सांसद् छन् । नेपाली कांग्रेसका २१, जनता समाजवादीका ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एकजना सांसद् छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]