जिल्ला प्रहरीकार्यालय मोरङ तथा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२बाट घरेलु मदिरा सहित ३ जना लाई पक्राउ गरेका छन ।
बिराटनगर १२ स्थित विभिन्न मानिसहरूको घरबाट तयार पारेको अन्दाजी ४५ लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ५ हजार लिटर तथा मदिरा बनाउन प्रयोग गरिने विभिन्न भाँडा वर्तन समेत जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष ३० की शान्ता आले, बर्ष ४२ को कृष्ण तामाङ र बर्ष ३० की लक्ष्मी राई समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ ।