१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन १३, २०७७

सप्तरी– नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ५ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, झापामा ९,तेह्रथुमा २, भोजपुर १, मोरङमा १०१, सुनसरीमा ३२ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ४, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा १ सय १४, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ११८, गुल्मीमा २, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा १ र रुपन्देहीमा ९५ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा १, सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ र बैतडीमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]