सप्तरी – सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट चुक्तापुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत नगद लाभांश(करसहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्तापुँजी रकम ८ अर्ब ५८ करोडा ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र नगद प्रवाह विवरण बाँडफाटलगायतका प्रतिवेदन पारित गरेको छ ।यससाधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड मुनाफाआर्जन गर्न सफल भएको छ ।