सप्तरी – नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक आज (बिहीबार) दिउँसो बस्दै छ ।आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए । उनले बैठकबारे जानकारी गराइएपनि जेन्डाबारे भने केही नखुलाइएको बताए ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भइ प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ ।पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।