०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – वीरगन्जमा रहेको क्षेत्रीयस्तरको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले सामान खरिदमा बिल बिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फर्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपियाँ असुली गरेको छ ।

कार्यालयले पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फर्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फर्मलाई कारबाही गरी जरिवाना असुल गरिएको कार्यालयका सँचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।यसैबीच विदेशी लेबल लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगन्ज महानगरपालिका– ६ रेशमकोठी चोकमा रहेको एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले छापा मारेर उद्योगलाई तीन लाख रुपियाँ जरिवाना गरेको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले त्यस उद्योगमा छापा मार्दा उद्योगले अन्तर्राष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखेर उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]