११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – चैतदेखि करिब ६ महिना व्यावसायिक उडानमा कमी आउँदा यात्रुको संख्यामा कमी आउनु स्वाभाविक हो ।कारोना कहरका कारण मुलुकका सबै क्षेत्र प्रभावित भए तापनि पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको तथ्यांकले पनि पुष्टि गरेको छ । पर्यटन उद्योगसँग सम्बन्धित सबै नै उपक्षेत्रहरू वैश्विक महमारीको मारमा परे । त्यसमा हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले निकालेको तथ्यांकका अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा हवाई यात्रुको संख्यामा उल्लेख्य गिरावट आएको छ । सन् २०१९ को तुलनामा २०२० मा विमानस्थलमा उडान र अवतरण गरेका यात्रुको संख्याका आधारमा हेर्दा ६५ प्रतिशतले कमी आएको विमानस्थल कार्यालयको तथ्यांकले देखाएको छ । सन् २०१९ मा विमानस्थलमा कुल ७३ लाख ५ हजार ५ सय ९९ यात्रुले विमानस्थल प्रयोग गरेका थिए भने सन् २०२० मा २५ लाख ६२ हजार ८ सय ६५ यात्रुको मात्र उडान तथा अवतरण भएको थियो । यसरी कोरोना कहरका कारण अन्तर्राष्ट्रिय र आन्तरिक व्यावसायिक उडानमा रोक लगाउँदा यात्रुको संख्यामा कमी आएको हो । सरकारले कोरोना भाइरसको रोकथामका लागि गत चैत ९ गतेबाट अन्तर्राष्ट्रिय उडानमा र आन्तरिकमा ११ गतेबाट प्रतिबन्ध लगाएको थियो भने लामो समयपछि अन्तर्राष्ट्रिय व्यावसायिक उडान भदौ १६ र आन्तरिक उडान असोज १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । वास्तवमा कोरोना कहरका कारण आवागमन पूर्ण तथा आंशिक बन्द हुँदा नेपालमात्र नभई विश्वका धेरै देशका वायुसेवा टाट पल्टेका तथा घाटामा गएका छन् । नेपाल पनि वायुसेवा सञ्चालकहरूले जेनतेन आफ्नो व्यवसाय बचाएका छन् । अझै पनि सहज रूपमा आवागमन भइ नसकेको स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेर मात्रै वायु सेवा सञ्चालन भइरहेको छ । आन्तरिक तथा बाह्य दुवै वायुुसेवा सहज हुन अझै धेरै समय लाग्ने देखिन्छ । कारण कोरोनाको उद्गमस्थल मानिएको चीनको बुहानमा फेरि कोरोना भाइरसका कारण एकको मृत्यु भए पनि विश्व स्वस्थ्य संगठनको टोली अध्ययन गर्न बुहान पुगिसकेको छ ।
चैत ११ देखि चार महिना सरकारले बन्दाबन्दी र त्यसपछि पनि निषेधाज्ञा लगाएका कारण स्वास्थ्य संकटकाल नलगाए तापनि नागरिकहरूमा त्रासको मनोविज्ञान नै थियो । जब स्थिति अलिअलि सहज हुन थाल्यो, त्यसपछि मात्र थोरै संख्यामा हवाई सेवाको सुरुवात भएको हो । यसरी चैतदेखि करिब ६ महिना व्यावसायिक उडानमा कमी आउँदा यात्रुको संख्यामा कमी आउनु स्वाभाविक हो । उडानको संख्या नै कम भए पनि यात्रुको संख्या पनि कम हुनु स्वाभाविक हो । आन्तरिक उडानमा सन् २०१९ को तुलनामा सन् २०२० मा ५४ प्रतिशतले कमी आएको छ । किनकि सन् २०१९ मा ३१ लाख ६७ हजार ३६ यात्रुले विमानस्थल प्रयोग गरेकोमा २०२० मा १४ लाख ५७ हजार ५ सय ३९ यात्रुले विमानस्थल प्रयोग गरेको छन् । यस्तै, कुल अन्तर्राष्ट्रियतर्फ ११ लाख ५३ हजार २६ यात्रुले विमानस्थल प्रयोग गरेका छन्, जसमा प्रस्थानतर्फ ५ हजार १ सय ३० र आगमनमा ५ हजार १ सय १७ उडान गरी कुल १० हजार २ सय ४७ उडान भएका थिए । सरकारले कोरोना प्रभावित उद्योग व्यवसायलाई राहतको घोषणा गरे पनि पर्यटन क्षेत्र समग्र नै मारको परेको हुनाले सन् २०२० नेपालको पर्यटनका दृष्टिले सम्झन लायक वर्ष रहेन । हुन त सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन तयारी गरेको थियो । तर, अब बिस्तारै स्थिति सामान्य हुन थालेपछि आन्तरिक भ्रमण वर्ष तथा आगामी सन् २०२३ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन गृहकार्य गर्न थाल्दा कोरोनाले मारमा परेको पर्यटन क्षेत्रमा केही भए पनि आशाको सञ्चार हुन सक्थ्यो र थलिएका वायुसेवा कम्पनीहरूले पनि तंग्रिने अवसर पाउने थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]