१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – स्थानीयवासी आफैंले चन्दा संकलन गरी मर्स्याङ्दी नदीमा अस्थायी पुल निर्माण गरेका छन्। संघीय सरकारबाट सडकपुल निर्माण गर्न बजेट विनियोजन भए पनि निर्माण थालनी नगरिएपछि स्थानीयवासी आफैंले पुल निर्माण गरेका हुन्।

मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङ र वडा नं. ५ घेर्मु जोड्ने मर्स्याङ्दी नदीमा सडकपुल बनाउन २०७३ सालदेखि लगातार बजेट विनियोजन हुँदै आएको छ। डीपीआर पूरा भएको लामो समयसम्म पनि पुल शिलान्याससमेत हुन नसकेपछि स्थानीयवासी चन्दा संकलन गरी अस्थायी पुल निर्माणमा जुटेका हुन्। चन्दा संकलनबाट काठको अस्थायी पुल निर्माण गरिएपछि मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुमा पहिलोपटक मोटर पुगेको छ। घेर्मु हालसम्म सडक सञ्जालमा जोडिएको थिएन। स्थानीय नरबहादुर गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका बासिन्दाले सहयोग रकम उठाएर मर्स्याङ्दी नदीमा अस्थायी मोटरेबल पुल निर्माण गरेका हुन्।स्थानीय मेगबहादुर गुरुङको संयोजकत्वमा उपभोक्ता समिति गठन गरी दुई लाख ७८ हजार ६ सय १५ रुपैयाँ खर्च गरेर पुल निर्माण गरेका हुन्। अस्थायी पुल निर्माणका लागि चार लाख ६६ हजार १६ रुपैयाँ संकलन गरिएको छ। पुल निर्माण गरी बाँकी रकम पुलको मर्मतसम्भार तथा अर्को वर्ष पुल निर्माणकै लागि खर्च गरिने उपभोक्ता समितिका सचिव घनश्याम घलेले बताए।

मोटरेबल पुल निर्माणका अभियन्ता नरबहादुर गुरुङका अनुसार अस्थायी पुलबाट घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन्। हिउँदमा मात्रै भए पनि स्थानीयवासीले यातायात तथा ढुवानी सेवा उपभोग गर्न पाउने भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]