११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग शनिबार बिहान अन्तरक्रिया गरेका हुन्।

ज्ञवालीले केहीबेरमा भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गर्दैछन्। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न भारतीय पक्षले मन्त्री ज्ञवालीसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय गरेको हो ।शुक्रबार संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुई मुलुकबीच देखिएको सीमा विवादको समाधान गर्न नेपालले अविलम्ब वार्ता गर्न चाहेको बताएका थिए। इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर्सले आयोजना गरेको प्रवचन कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल संवादबाटै समस्या सुल्झाउने पक्षमा रहेको बताएका हुन्।शुक्रबार दुवै मुलुकका परराष्ट्रमन्त्री सहभागी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा व्यवस्थापनका बाँकी कामलाई छिटो टुंग्याउने सहमति जुटेको थियो।नयाँ दिल्लीमा शुक्रबार भएको आयोगको छैटौं बैठकले सीमा व्यवस्थापन कार्यलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो। नेपालले बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएको थियो। नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई लिएर पछिल्लो समय सम्बन्ध चिसिएको थियो। भारतले नेपालका यी भूभागलाई आफ्नो नक्सामा पारेपछि सम्बन्धमा चिसोपना आएको थियो। त्यसपछि नेपालले यी तीन आफ्ना भूभाग समेट्दै नयाँ नक्सा मात्रै जारी गरेन, त्यसलाई संविधानमै समेटेको थियो। नेपालले सीमा समस्याको समाधान चाँडै गर्न निरन्तर वार्ताको पहल गर्दै आएको थियो। तर, भारतीय पक्षले नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको थियो।

अघिल्लो वर्ष सीमा विवाद देखिएपछि दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरमा पहिलो पटक बैठक भएको हो। यसअघि भारतीय विदेशसचिव नेपाल भ्रमणमा आएका थिए। नेपालले मन्त्रीस्तरीय बैठकमा सीमाको विषय प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिँदै आएको थियो। नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री डा. एस जयशंकरले बैठकको अध्यक्षता गरेका थिए। बैठकमा कोरोना महामारीका कारण उत्पन्न चुनौतीहरूको सामना गर्न दुई मुलुकबीचको समन्वयकारी भूमिकाको प्रशंसा गरिएको थियो।

बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको समीक्षा, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन र थप नयाँ हवाई रुटबारे पनि छलफल भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]